उदयपुर । पछिल्लो चार महिनामा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध कारोबारी र सार्वजानिक अपराधका घटना न्युनिकरणमा उल्लेखिय प्रगति हासिल गरेको छ । कार्यालय परिषरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी नवराज भट्टले सबैको साथसहयोगमा लागुऔषध कारोबारी र सार्वजानिक अपराधका घटना न्युनिकरणमा प्रहरीले सोचेभन्दा बढि प्रगतिहासिल गरेको दावि गरे ।
प्रहरीले अघिल्लो बर्षसम्म लागुऔषध कारोबारीमा बार्षिक २५ वटा मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाएकोमा साउन यता ४ महिनामा १ सय १२ जना पक्राउ गरी ५६ वटा मुद्दा दर्ता गरेको बताएको छ । त्यसैगरी सार्वजानिक अपराधका ९६ जना आरोपितलाई पक्राउ गरी ८० वटा मुद्दा दर्ता गरी मुद्दा चलाइएको एसपी भट्टले जानकारी दिए ।
लागुऔषध कारोबारीमा मुद्दा चलेका मध्ये ७ जना पुर्पक्षका लागि थुनामा छन् । कारोवारीका जिल्लाका सप्लायर्स त्रियुगा नगरपालिका १० बोक्से घर भई वडानं ११ मा बस्दै आएका ३० बर्षीय पेशल घिमिरे, व्यापारीहरु अमृत महत्तो, दिवस राई, अरुणजंग कार्की, गौरव ढुंगेल, संजय चौधरी र मतेवुल मिया रहेकाछन् । बाँकी रहेका २० जना अनुसन्धानकैक्रममा र ८५ जना धरौटीमा रिहा भएको मुद्दा शाखाका प्रहरी निरीक्षक देविप्रसाद फागोले बताए ।
सार्वजानिक अपराधमा २ जना पुर्पक्षका लागि थुनामा ८७ जना धरौटीमा रिहा र ७ जना अनुसन्धानकोक्रममा रहेको फागोले बताए । एसपी भट्टले अन्य घटनामा सुस्त रहनु र सार्वजानिक अपराधका घटनामा प्रहरीको सकृयता बढाउँदा धेरै घटना बृद्धी हुने बताए । ‘जति सकृयता बढ्योे त्यति नै सार्वजानिक अपराधका घटना भेटिन्छन्,’ उनले भने, ‘जुवा, तास, अवैध मदिरा उत्पादन अधिक छन्, यो नियन्त्रणमा हाम्रो सकृयता छ ।’
भट्टले भने, ‘लागुऔषध कारोबारी र सेवनकर्ता यति धेरै संख्यामा छ जस्तो लागेको थिएन्, तर भित्र भित्रै निकै झाँङ फैलाईसकेको रहेछ ।’ ‘लागुऔषधमा जर्जर रहेको उदयपुर जिल्लालाई केहि सुधार गर्ने प्रयास हाम्रो छ,’ उनले भने, ‘कतिसम्म सफल भईन्छ हेरौ, सबैको साथसहयोग चाहिन्छ, ठुलै सफलता हात पार्छौ ।’
प्रहरीले पक्राउ परेका सबैजनालाई अन्य कुनै सूचनाभन्दा पनि नियमित चेकजाँचकाक्रममा सदरमुकाम प्रवेश गर्ने मुख्य नाका त्रियुगा नगरपालिका ६ लालपत्ताबाट पक्राउ गरेको जनाएको छ । एसपी भट्टले लागुऔषध कारोवारी र सेवनकर्ता न्युनिकरणका लागि विशेष योजना बनाएर लागि परेको बताए । उनले सेवनकर्ता मात्र नभई मुख्य कारोवारी नाईके नै पक्राउ गर्न प्रहरी सफल भएको बताए ।
उनले सबै क्षेत्रको साथसहयोगबाट मात्र लागुऔषध नियन्त्रण हुने भन्दै लगत्तै जनचेतनामुलक कार्यक्रम सञ्चालन, व्यापारीलाई कानुनी कारवाही र सेवनकर्तालाई कारवाही भन्दा पनि सुधारगृह स्थापना गरी परामर्श आबश्यक रहेको बताए । भट्टले आफु आएको चार महिना मात्र भएपनि सबैको साथसहयोगले ठुलै सफलता मिलेको दावि गरे ।
जिल्लाको पश्चिम र उत्तरी क्षेत्रमा अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने काममा पनि सफलता हात परेको बताए । प्रहरीले लागुऔषध नियन्त्रणका लागि अन्य ठाउँमा नपाईने ‘युरिन टेष्ट किट’ नार्कोनेनबाट खरीद गरी ल्याइएकोसमेत जानकारी दिएको छ । यो प्रविधि लागुऔषध सेवन गरेको वा नगरेको भन्ने छुट्याउन प्रयोग गरिन्छ । भारतीय प्रविधि नेपाली १ हजार ५ सय र अमेरिकन प्रविधि नेपाली ३ हजार रुपिँया पर्ने जनाइएको छ ।
परिवारका सदस्यको उपस्थितिमा यो प्रविधि लगाई परीक्षण गरिने एसपी भट्टले बताए । यसकासाथै आफु आएको चार महिना भित्र जर्जर रहेको हिरासत कक्षको विकल्पमा स्थानीयको सहयोगमा छुट्टै भवन निर्माण गरिएको बताए ।