वाम्बुले भाषाको १९ औं अवसरमा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न

उदयपुर । वाम्बुले राई भाषाको १९ औं राष्ट्रिय कविता प्रतियोगिता उदयपुरमा शनिवार सम्पन्न भएको छ । जिल्लाको कटरी नगरपालिकामा सम्पन्न सो प्रतियोगितामा ओखलढुंगा मानेभञ्याँङ्ग गाउँपालिका –३, फोकुलका पुतली राई प्रथम भएका छन् । त्यसैगरि सोहि गाउँपालिका–६, हिलेपानीका मंगलदर्शन राई दोस्रो र उक्त गाउँपालिका–५, रिचुवाका नमेश राई तृतिय भएका छन् ।

प्रतियोगिताका बिजयीहरुलाई क्रमश नगद रु ५ हजार, ३ हजार, र २ हजार नगरका साथमा प्रमाण–पत्र प्रधान गरिएको थियो । त्यसैगरी सान्तना हुनेहरु खोटाङ्ग हलेशी तुवाचुँङ्ग नगरपालिका–१, का मुना राई र ओखलढुंगा मानेभञ्याँग–३, उँबु का यमुना राईलाइ नगद एक हजारका साथमा प्रमाण पत्र प्रधानगरिएको थियो ।

वाम्बुले राई समाज(वाम्रास)को आयोजनामा सम्पन्न प्रतियोगितमा बिजयी कविहरुलाई प्रमुख अतिथि प्रा.डा.नोवलकिशोर राई र विशेष अतिथि राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई व्याकुल माईलाले पुरस्कार प्रदान गरेका थिए । बिजयीहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि प्रा.डा.नोवल किशोर राईले कवितासँगै साहित्यका अन्य विधाहरु मार्पmत भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताए ।
दुई दर्जन बढी कविहरुहरुले प्रयितोगितामा आप्mना कविताहरु वाचन गरेका थिए ।

प्रतियोगिता राष्ट्रियगानका रचनाकार ब्याकुल माईलाले भौतिक पूर्वाधार मात्रै विकासका आधार नभई भाषा, साहित्य संरक्षण गरे मात्र समग्र विकास पुरा हुने बताए । प्रतियोगितामा वाम्बुले राईहरुको मूलथलो, ओखलढुँगा, खोटाङ्गका अलावा उदयपुर, सिन्धुली , सुनसरीसम्मका वाम्बुले कवि, कवयित्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वाम्बुले पुरोहित (नाक्सो–ङाबुचो) तथा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *