उदयपुरमा समानुपातिक तर्फ कांग्रेस पहिलो, एमाले दोस्रो

उदयपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उदयपुरबाट समानुपातिक निर्वाचन प्रनालि तर्फबाट नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । निर्वाचन कार्यालय उदयपुरको अनुसार कांग्रेसले ४० हजार ९ सय ५७ मत ल्याएर पहिलो भएको हो । दोस्रोमा नेकपा एमालेले ३६ हजार ८ सय १२ मत पाएको छ । त्यसैगरि नेकपा माओवादी केन्द्रले १८ हजार ४ सय ७७ मत पाएको छ ।

कार्यालय कै अनुसार संघीय समाजवादी फोरमले २ हजार ६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले १ हजार ५ सय ३९, विवेकशील साझा पार्टीले ८ सय ६१, नेकपा मालेले ५ सय, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ८५ मत पाएका छन् । यसैगरि नयाँ शक्ति पार्टीले ४ सय ४४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले ४ सय ११, नेपाली जनता दलले ३ सय ६०, राष्ट्रिय जनता पार्टी नेपालले ३ सय ४८ र अन्य दलले भने २ सय भन्दा कम मत पाएका छन् ।

त्यसैगरि प्रदेसभा तर्फ पनि नेपाली कांग्रेस नै पहिलो भएको छ । कांग्रेसले ३७ हजार ६ सय ५३ मत पाएको छ भने एमालेले ३३ हजार ५१३ र माओवादी केन्द्रले १९ हजार ८ सय ५७ मत पाएको छ । संघीय समाजवादी फोरमले १ हजार ७ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) १ हजार १ सय २०, नेकपा मालेले ८ सय ४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ७८, विवेकशील साझा पार्टीले ६ सय ३३, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ६ सय ९, नयाँ शक्ति पार्टीले ४९०, राष्ट्रिय जनता पार्टी ३ सय ९६ पाएका छन् ।

अन्य विभिन्न दलले दुई सयभन्दा कम मत पाएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ १३ हजार ४२३ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । एक लाख १७ हजार ७ सय ४१ मत खसेकोमा एक लाख ४ हजार ३ सय १९ मतमात्र सदर भएको थियो । प्रदेससभामा समानुपातिकतर्फ १८ हजार ८ सय ६ मत बदर भएको छ । जसमा एक लाख ७हजार ४३ मत खसेको थियो, जसमा ९८ हजार ९ सय ३६ मत सदर भएको थियो । उदयपुरका दुई प्रतिनिधिसभामा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका सुरेसकुमार राई निर्वाचित भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *