रामबहादुर थापा मगर को हुन् ? उनको राजनैतिक पृष्ठ भुमि के ?

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य रामबहादुर थापा मगर यो समय चर्चाको बिषय बनेका छन् । खासगरि उनि प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रमा नयाँ अनुहार, यो निर्वाचन क्षेत्र भन्दा बाहिर घर भएको लगायतका छन् । यसै बिषयलाई लिएर उनको केहि वास्तविकता परिचयहरु ल्याउन खोजेका छौं । त्यसैको केहि सारः–

नामः– रामबहादुर थापा मगर
ठेगानाः– साबिक खाँबु गाविस– ३
हाल– त्रि.न.न.पा.– १५ खाँबु, उदयपुर
जन्ममितिः– २०२६ भाद्र १ गते
बाबु÷आमाको नामः– राणबहादुर थापामगर÷हस्तमायाँ मगर

शैक्षिक योग्यताः
विद्यावारिधि (पिएच डी) सोधार्थी त्रिभुवन विश्व विद्यालय
स्नाकोत्तर (एम.ए.)ः नेपाली साहित्य, समाजशाश्त्र र राजनीति शाश्त्र, त्रिभुवन विश्व विद्यालय
बि.ए., बि.एल. कानून (अधिबक्ता ) त्रिभुवन विश्वविद्यालय
आई.ए., आई एल, त्रिभुवन विश्व विद्यालय
एस.एल.सी.ः त्रियुगा जनता माध्यामिक विद्यालय, गाईघाट (२०४४)

राजनैतिक पृष्ठभुमी ः–
(१) अनेरास्ववियूको साधरण सदस्य २०४७ ( सम्बद्ध पार्टी ने.क.पा.मा.ले.)
(२)साधरण सदस्यः २०४९, उदयपुर काठमाण्डौं सम्पर्क मञ्च, ने.क.पा.(एमाले)
(३) उपाध्यक्षः उदयपुर काठमाडौं सम्पर्क मञ्च, २०५६ अनेरा स्ववियू
(४) उपाध्यक्षः उदयपुर काठमाडौं सम्पर्क मञ्च, २०५७, नेकपा मा.ले.
(५) राज्य समिति सदस्य २०६५, नेकपा (माओवदी)
(६) संविधानसभा सदस्यः २०६५-२०६८
(७) जिल्ला इन्चार्ज, सोलुखुम्बु २०६८-२०७० (नेकपा-माओवादी)
(८) केन्द्रीय सदस्यः नेकपा (मओवादी केन्द्र) २०७३ देखि

प्रकाशित कृतिहरुः–
बूढो धरहरा, कविता (२०७४)
जनयुद्धमा आदिवासी जनजाति मगरहरुको सहभागिता ः कारण र परिणामको विशलेषण(अनुसन्धनात्मक) (२०७०)
संघीय नेपालको तस्वीर (२०६८)
हाम्रो संस्कृति (मगरभाषाको निवन्ध संग्रह) (२०६६)
कथा संग्रह (मगर भाषामा) (२०६६)
प्रसिद्ध व्यक्तिहरुको जीवनी (मगर भाषामा) (२०६६)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *