कालो झण्डाप्रति बाम गठबन्धनको गम्भीर ध्यान आकर्षण

गजेन्द्र राई
उदयपुर । उम्मेदवारहरुको घरमा कालो झण्डा राखिएको प्रति उदयपुरमा बाम गठबन्धनले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । सोमबार एक बिज्ञप्ती जारीगर्दै प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुको घरमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखिएको कालो झण्डा प्रति गठबन्धनले सो ध्यान आकर्षण जनाएको हो ।

नेकपा एमाले अध्यक्ष ईश्वरमणी राउत र माओवादी केन्द्रका संयोजक बिनोद कटुवालको हस्ताक्षेर भएको संयुक्त बिज्ञप्तीमा भनिएको छ “बाम गठबन्धनका उम्मेदवारहरुको घरघरमा कालो झन्डा राखिएको प्रति गठबन्धनको गम्भीर ध्यान आकर्षण भएको छ” । देश र जनताको पक्षमा स्थीरता, सुसासन, समृद्ध कायम गर्ने उद्धेश्यले मुल प्रवाहमा रहेका बामपन्थीहरु एकजुट हुदै जनताको शासन स्थापित गराउने अवसरलाई बन्चीत गराउन कम्युनिष्ट पार्टीको नाममा यस्तो गतिबिधि भईरहेको समेत बिज्ञप्तीमा आरोप लगाईएको छ ।

उनिहरुले यस प्रकारको गतिबिधीलाई अबिलम्व बन्द गर्न सवैमा आग्रहसमेत बिज्ञप्तीमा गरिएको छ । बिज्ञप्तीमा जनताको अधिकार स्थापित गर्ने यो अवसरलाई भय रहित, मर्यादित र सुरक्षित बनाउदै सम्पूर्ण उम्मेदवारको सुरक्षा समेतलाई गम्भिरता पूर्वक ध्यान पूर्याउन सुरक्षा निकायलाई आग्रह गरिएको छ ।

चुनावको विरोध जनाउदै आएका विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारहरुको घरमा कालो झन्डा राख्ने, निर्वाचनको बिरोधमा पर्चा छर्ने, मतदाता र उम्मेदवारलाई धम्क्याउने जस्ता क्रियाकलाप भईरहेको छ । यसैक्रममा नेकपा एमालेको तर्फबाट उदयपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार मञ्जु चौधरी, सोही प्रतिनिधिसभा अन्तर्गतको प्रदेशसभा २ का नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगर लगायतको घरमा कालो झण्डा राएिको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *