माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता घोषणा

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ । काठमाडौको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बुधबार दुईपार्टी बीच एकताको घोषणा भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकता भएको घोषणा गरेका हुन् ।
दुवै अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको अग्रगामी विकासका लागि विभिन्न समुहमा रहेका प्रगतिशिल, बामपन्थी र देशभक्त गणतान्त्रिक शक्तिहरुलाई बृहत धु्रविकरणमा सामेल हुन अपिल गरेका छन् ।samyukta_mao_qwsd1rhenj

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *