म्यादी प्रहरीका लागि उदयपुरमा आवेदन खुला

गजेन्द्र राई
उदयपुर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा २०७४ को निर्वाचनमा आवश्यकीय म्यादी प्रहरीको उदयपुरमा आबेदन खुल्ला गरिएको छ । मंगलबारदेखि खुल्ला गरिएको अबेदन असोज ३० गतेसम्म लिईने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुई चरणमा हुने सो निर्वाचन मंसिर १० र २१ गते सम्पन्न हुने छ । उक्त निर्वाचनका लागि देशैभरि ९८ हजार सय ६८ म्यादी प्रहरी भर्ना गरिनेछ । म्यादीमा आबेदन दिन चाहनेहरुले तोकिएको स्थानमा बिहान १० देखि बेलुकी ५ बजेसम्म आबेदन बुझाउन सकिने छ । उदयपुरको हकमा जिल्ला प्रहरी कार्यालय बोक्सेमा आबेदनको लागि स्थान तोकिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *