टुहुरा बनेका तीन बालबालिकाको नाममा कोष स्थापना

उदयपुर । आमाको मृत्युपछि टुहुरा बनेका ३ बालबालिकाको शिक्षा खर्चका लागि २ लाख ७ हजार रुपिँयाको कोष स्थापना गरिएको छ । भदौ २६ गते सुत्केरी आमाको अकालमै ज्यान गएपछि नावालक रहेका बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि विभिन्न निकायबाट चन्दा संकलन गरी उक्त कोष खडा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठको अगुवाईमा संकलन गरिएको रकम निमित्त प्रमुख जिल्ला अधिकार कुमारबहादुर खड्काले एक कार्यक्रमका विच पीडित परिवारका आफन्त गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सृजना दनुवारलाई हस्तान्तरण गरेका हुन् । दनुवारले प्राप्त रकम जिल्लास्थित कृषि बिकास बैंकमा ३ बालिका अजिता, आईसा र अनुसा दनुवारको संरक्षक वुवा गंगाबहादुर दनुवार भएको वचत समृद्धी खातानं ११०४६०११९७८८९०१४ जम्मा गरेकी हुन् ।

जिल्ला प्रशासन कार्यालयले उक्त रकम बालबालिका सावालक नभएसम्मका लागि झिक्न नपाउने गरी खाता सञ्चालन गरिदिन बैंकलाई पत्राचार गरेपछि सोहीअनुसार व्यवस्था गरिएको आफन्त दनुवारले बताईन् ।
चौदण्डीगढी नगरपालिका ९ भिमा दनुवारबस्तीकी ३८ वर्षीया रामकुमारी दनुवारको सुत्केरीकाक्रममा मृत्यु भएको थियो । मृतक दनुवारका ३ नावालक बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको निमित्त प्रजिअ खड्काले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *