वडाध्यक्ष ‘बेल्चा र कुचो’ लिएर सडकमा निस्किएपछि

उदयपुर । सिमसिमे पानीको कुनै प्रवाह नगरी त्रियुगा नगरपालिका वडानं ११ का वडाध्यक्ष विश्वराज भट्टराई सोमबार झण्डै तीन घण्टा, उदयपुरको सदरमुकाम गाईघाट बजारमा झाडु बोकेर बढार्दै हिडे । नगरपालिकाको अगुवाईमा सुरु भएको ‘त्रियुगाको रहर, स्वच्छ, सफा र सुन्दर नगर’ अभियानमा वडाध्यक्ष भट्टराईले बजारबासीले फालेको कागज, पलाष्टिक टिप्दै झाडुले फोहोर बढारे ।

नगर प्रमुख बलदेव चौधरी नै उपस्थिति हुने यो कार्यक्रममा नगरप्रमुख काठमाण्डौँ जानु परेपछि वडाध्यक्ष भट्टराईले कार्यक्रमको नेतृत्व गरेका थिए । आफ्नै वडा भएर पनि होला भट्टराईले तीन घण्टासम्म कहिले झाडु त कहिले वेल्चा लिएर सरसफाइमा जुटे । वडाध्यक्षको त्यो काम प्रनि बजारबासी कोही पसल त कोही घरको झ्याल र छतबाट रमित हेर्दै थिए केही सरसफाइ अभियानमा साथ दिन पनि निस्किए ।

जनप्रतिनिधिहरुको त्यो काम देखेर कतिपय सर्वसाधरण त चकित भए । उनीहरु सवालजवाफ गर्दै थिए कि अब केहि होला, वास्तवमा जनप्रतिनिधि भनेको जनप्रतिनिधि नै हुदो रहेछ, हिजोसम्म कुरुप सहर विस्तारै परिवर्तन हुँदैछ । त्यसक्रममा वडाध्यक्ष भट्टराईले, ‘वडानं ११ अव सफा, हरित र उज्यालोयुक्त वडा हुनेछ ।’ त्यसअघि थपे, ‘नगरपालिकाको मुटु वडाबाट यो अभियान सुरु भएको छ, १६ वटै वडालाई नमुना बनाई नमुना नगरपालिका बनाउँछौ ।’

नगरपालिकाले सफा, सुन्दर, हरियाली, उज्यालो र समुन्नत त्रियुगा बनाउन नगरका सबै वडामा सरसफाइ, बृक्षारोपण र सोलार जडान कार्य सुरु गरिसकेको छ । त्यसो त उज्यालो र सफा दशै बनाउन नगरपालिकाले ‘उज्यालो र सरसफाइयुक्त दशै’ अभियान नै सञ्चालन गरिसकेको छ । वडा र नगरस्तरीय योजनामा सरसफाइ, हरित, उज्यालो र समृद्ध सहर बनाउने योजना प्राथामिकतामा राखेको मेयर बलदेव चौधरीले बताए । नगरपालिकाले वडानं ६, १०, ११, १२ मा सबैभन्दा बढि सरसफाइ र उज्यालो अभियान चलाउने बताएको छ । यो अभियानमा नगरपालिकाले कालो पलाष्टिक मात्र नभई सेतो पलाष्टिकसमेत प्रतिवन्ध लगाउने मेयर चौधरीले बताए ।

नगरपालिकाले फोहोरमैला व्इवस्थापनअन्र्तगत कुहिने र नकुहिने फोहोर छुट्याउने ल्याण्डफिल बनाउने तयारी गरिरहेको छ । यसकासाथै नगरपालिकाले छुट््टै वद्यशाला, हरियाली नगरपालिकाका लागि प्रत्येक घरले एक वटा विरुवा अनिवार्य रोप्नु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी दुई वटा बर्सपार्क, ढलको व्यवस्थापन, पार्क, सार्वजानिक शौचालय, पार्किङ, लामखुट्टे युक्त सहर लगायतका योजना अघि सारेको चौधरीले बताए ।sar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *