फोटो सहितको मतदाता नामावली बनाउनेको संख्या बढ्दो

उदयपुर–  जिल्ला निर्वाचन कार्यालय उदयपुरमा फोटो सहितको मतदाता नामावली बनाउनेको संख्या बढ्दो रहेको छ ।
दोस्रो चरणको निर्वाचनमा आफुलाई मनपरेकोे पार्टीलाई भोट माग्र्दै हिडेपनि मताधिकार नभएको पीडासंगै सो नामावली बनाउनेको संख्या बढ्दो रहेको हो ।

स्थनीयहरु गत निर्वाचनमा मतदान गर्न नपाएको गुनासो गर्दै निर्बाचन कार्यालय आउने गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुर प्रमुख एकबहादुर बस्नेतले बताएका छन । प्रमुख बस्नेतका अनुसार विहान ९ वजेदेखि साँझ ७ वजेसम्म मतदाता नामावली संकलन गर्ने काम भईरहेको छ । अहिले फोटो सहितको मतदाता नामावलीको लागि तीन ग्रपमा फोटो खिचाई रहेको छ । तीन ग्रपमा उक्त नामावली संकलन गर्दा पनि भ्याईन नभ्याइ हुने गरेको छ ।

निर्वाचन कार्यालय उदयपुरको अनुसार साउन १ गते देखि हालसम्म एक हजार एकसय ६३ जनाको नाम दर्ता गरिएको छ । जसमा युवाहरु बढी छन् भने बृद्धबृद्धाहरु, सुत्केरी महिलाहरु लाईनमा बसेका छन । जसमा महिलाको संख्या धेरै रहेको छ । स्थानीय निर्वाचनमा एक लाख ७५ हजार एकसय ६१ जनामध्ये एकलाख २१ हजार ७ सय ९७ ले मतदान गरेको थिए । गाउँमा रहेका नयाँ मतदाता, बृद्धाबृद्ध र विदेशबाट फर्कनेहरुको नामावली छुटेको बग्रेल्ति भेटिने गरेको छ ।

निर्वाचन आयोगले आसन्न प्रदेश र केन्द्रको चुनावको लागि साउन १ गतेदेखि १६ गतेसम्म मतदाता नामावली संकलन सुरु गरेपछि सर्वसाधरणहरु आ–आफ्नो जिल्ला निर्वाचन कार्यालय पुगि फोटो सहितको मतदाता नामावली बनाउदै आईरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *