मेयरको उमेद्वार किरण राईको टिमलाई किन भोट ?

उदयपुर–  दोस्रो चरणको आसन्न स्थानीय निर्वाचनको मिति नजिजिकै छ । त्यहि मिति नजिकिएसंगै उदयपुरको  चुनाबी माहोल ह्वात्तै बढेको छ । यतिबेला जिल्लामा रहेको राजनैतिक दलहरु आ–अप्mनो घोषणा पत्र सहित चुनाबी मैदानमा उत्रिएका छन । त्यही मैदनामा छन् नेकपा माओवादी केन्द्रका युवा नेता किरण राई र गीता खड्का कार्की “अजिता” पनि । राई पार्टीको तर्फबाट त्रियुगा नगरपालिका मेयरका उमेद्वार हुन् भने गीता उप–मेयरको उमेद्वार हुन् । उनै युवा नेता किरण राई र गीताको नगरपालिका प्रति के–कस्ता छन् त भाबि योजनाहरु ? सबैमा चासोको बिषय बन्नु स्वभाबिकै छ । यी दुई उमेद्वारको योजना कस्तो रहेको छ । त्यो योजनाले त्रियुगा नगरपालिकालाई नमूना नगरपालिका निर्माणमा कतिको टेवा पुग्ला ? उनीहरुको घोषणा पत्रमा कस्ता–कस्ता बुधाहरु समेटिएको छ । त्यहि घोषणा पत्रको केहि सारहरुः–

घोषणा पत्रमा बसपार्क र तरकारी बजार बारेः
नगरभित्र विद्यमात बसपार्क तथा तरकारी बजार समस्यालाई आफूले नजिकबाट नियाली रहेको बताउदै समाधानका लागि निर्वाचित पाँच बर्षभित्र उन्नतिमय व्यवस्थापन गराइसक्ने मेयर र उपमेयरका उमेद्वारले  घोषणा पत्रमा दाबी गरेका छन् । उनहरुले हालको बसपार्कलाई सहरी विकासको नीति अनुरुप आधुनिकीकरण गरी नागरिकलाई थप सुविधा प्रदान गर्ने योजना सार्वजनिक गरेका छन् । त्यस्तै हाल निजी जग्गामा रहेको तरकारी बजार पनि नयाँ ठाउँमा स्थानान्तरण गर्ने योजना रहेको पत्रमा उल्लेख छ । आफूहरु निर्वाचित भए नगरको हरेक वडाहरुमा तरकारी बजार स्थापना गर्ने समेत पत्रमा समेटिएको छ ।

गुणस्तरीय शिक्षा र खाद्य सुसम्पन्नताः
नगरक्षेत्रभित्र रहेको बिभिन्न निजी तथा सरकारी विद्यालयहरुमा गुणस्तर शिक्षाका लागि पहल गर्ने उनहरुको योजना छ । त्यस्तै निजी विद्यालयको तुलनामा सरकारी शिक्षण संस्थामा गुणस्तर कमी आएको गुनासोलाई सम्बोधन गर्न निजीसँग प्रतिस्पर्धा गराउदै उपयुक्त नतिजा प्रदान गर्नसक्ने शैक्षिक संस्थाहरु उत्पादन गर्ने योजना रहेको घोषणा पत्रमा उल्लेख छ । त्यसैगरि नगरभित्र अधिकांस क्षेत्रमा रहेको वाईलेनी खाली जमिनहरु प्रसस्तै रहेकाले प्रक्रियागत रुपमा उपभोग गरी खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउन पहल गर्ने उल्लेख छ ।

युवा पलायन रोक्न खनिज सम्भावना खोज्नेः
आफू निर्वाचित भए दैनिक सयौंको संख्यामा बिदेशिरहेका युवा जनशक्तिलाई पूर्ण रुपमा रोकी नगर निर्माणमा उपयोग गर्ने योजना ल्याएका छन् । घोषण पत्रमा स्थानीय कृषिलाई आधुनिकीकरण तथा खनिज पदार्थहरुको पर्याप्त सम्भावना देखिएकाले सम्भावनाको खोजी गरी सो ठाउँमा युवाशक्ति परिचालन गर्नुपर्ने छ ।

बेरोजगारलाई रोजगारः
बेरोजगारि पन देशकै लागि ठूलो चुनौति देखिएकाले स्थानीय स्तरमै रोजगार सिर्जन गर्न सकिने उल्लेख छ । घोषणा पत्रमा त्रियुगा नगरको एक सिमक्षेत्र पहिचान गरी जलासय निर्माणगरि विद्युत प्रवाह गर्न सकिने भनिएको छ । नगर विकासको क्षेत्रमा दक्ष भएर पनि बेरोजगार अवस्थामा भौंतारिरहेका युवा जनशक्तिलाई विकास निर्माणमा उपयोग गर्दै स्वरोजगार बढाउनुको बिकल्प नरहेको समेत घोषणा पत्रमा समेटिएको छ । यसका लागि आफूहरु अहिलेदेखिनै दीर्घकालिन खाँका तय गरी सम्भावना अध्ययनमा हिडीरहेको पनि उल्लेख  छ ।

मेडिकल कलेजको स्थापनाः
निर्वाचित भएपछि मेडीकल कलेजको स्थापना प्रमुख दायित्व हुने बताएका छन् । स्थानीय स्तरमा प्राबिधिक शिक्षाका लागि पर्याप्त सम्बन्धित शिक्षणसंस्थाको अभावमा सर्वसाधरणले पीडा वेहोरीरहेको भन्दै उनीहरुले त्रियुगाले आफ्नोहरुको अभिभावकत्व पाए अबको पाँच बर्षभित्र सुविधासम्पन्न मेडीकल कलेज स्थापना गरेर आम नागरिकलाई सहुलियत प्रदान गर्ने जनाएको छ ।

सुकुम्बासी, भूमिहीन र बसपार्क व्यवस्थापन
त्यस्तै जनमतबाट आफू आफुहरु निर्वाचित भए मुख्यतया जिल्लामा देखिएको सुकुम्बासी तथा भूमिहीनहरुको मागलाई उचित सम्बोधन गर्ने उनीहरुको कार्ययोजना रहेको छ । घोषणा पत्रमा भएअनुसार नगरपालिकाको बिभिन्न भागमा रहेको ऐलानी तथा ब्लक जग्गाहरु उचित व्यवस्थाप गर्दै अतिआवश्यक पहिचान गरी भूमिहीनहरुका लागि व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन् । त्यस्तै लामो समययता आफूले उपभोग तथा बसोबास गर्दै आएको जग्गामा संघीयत संरचनाअन्तर्गत धनिपूर्जा बितरण गर्ने उल्लेख रहेको छ ।

सरकारले दोस्रो चरणको स्थानीय तहको चुनाव हुने मिति दोस्रो पटक सारेसँगै अब असार १४ गते हुने निर्वाचण हुने छ । यसअघि (जेठ ३१ गते)लाई तोकिएको निर्वाचनलाई सारेर असार ९ गते पु¥याइएको थियो । यता ९ गते मुस्लिम समुदायको महान पर्व रमजान परेको भन्दै चुनाव पाँच दिन धकेलिएको थियो । घोषितमध्ये पहिलो चरणको चुनाव भने ३, ४ र ६ नम्बर प्रदेशमा गएको बैशाख ३१ गते सम्पन्न भइसकेको छ । बाँकी १, २, ५ र ७ प्रदेशका लागि दोस्रो चरणअन्तर्गतको निर्वाचन हुनेछ भने पछि थप भएका २२ स्थानीय तहका लागि तेस्रो चरणको निर्वाचन घोषणा भइसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *