उदयपुर, १५ जेठ । स्थानिय तहको निर्वाचन नजिकिदै जादा प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले जिल्लाको चार नगरपालिकाका प्रमुख तथा उपप्रमुख उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेसले त्रियुगा नगरपालिका मेयरका लागि बसन्तकुमार बस्नेतलाई उम्मेदवार बनाउने भएको छ, उपमियरमा देबी चौधरी उम्मेदवार हुने भएकी छिन् ।
त्यसैगरी चौदण्डिमा निर्मला राई (काजी) र उपमियरमा सम्झना राई लाई उम्मेदबार बनाउने टुंगो लगाएको छ, । यता बेलका नगरपालिकाको लागि असोक कार्की मियर र उपमियरमा दिपा राई, कटारी नगरपालिकाको लागि ज्ञानेन्द्रमान सिंह राउतलाई मियर तथा उपमियरमा सरस्वती ढुंगानालाई मियरको उम्मेदबार बनाउने भएको हो ।
कांग्रेसले ताप्ली गाउपालिका अध्यक्षमा डिक बहादुर ज्यू ठकुरी र उपाध्यक्षमा धनमाया मगर रौतामाईमा भुपेन्द्र थापा अध्यक्ष धनकुमारी मगर उपाध्यक्ष, सुनकोसीमा पुष्पलाल राई अध्यक्ष रमिला राई उपाध्यक्ष उदयपुरगढिमा जितबहादुर खड्का अध्यक्ष र विमा राई उपाध्यक्षका उम्मेदबार भएको नेपाली कांग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताए । यता जिल्लाको ७५ वटै वडाको उम्मेदवारको अन्तिम टुंगो कांग्रेसले लगाई सकेको छ ।
यता नेकपा एमालेले तिब्र विवादका विच चार नगरका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ, नेकपा एमालेले त्रियुगा नगरपालिकामा नगर वडाबाट नामै सिफारिस नगरिएका एमाले केन्द्रिय सदस्य बलदेब चौधरीलाई मेयरको उम्मेदबार बनाएको छ । उनले मियरको टिकट पाए पछि एक पक्षिय एमाले कार्यकर्ताहरु रुष्ट भएका छन् । त्यसैगरी उपमियरमा नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा समाजसेवी सृजना दनुवारलाई मियरको उम्मेदबार बनाउने टुंगो लगाएको छ ।
यता कटारी नगरपालिकामा काजी श्रेष्ठ मियर र उपमियरमा भिमकुमारी राउतलाई चौदण्डिमा नरेन्द्र राउत र कान्ता राई बेलकामा स्वस्ती थापा र राजकुमारी चौधरी ।
गाउँपालिकाका रौतामाई गजेन्द्र खड्का कुमारी रानाज्यु ठकुरी, सुनकोसी भलराज राई, ताप्लीमा उद्धब बहादुर थापा, उदयपुरगढिमा मोहनबहादुर मगर अध्यक्षको उम्मेदबार टुंगो लागेका नेकपा एमाले उदयपुरले जनाएको छ ।