उदयपुर, १५ जेठ । १० औँ गणतन्त्र दिवस उदयपुरमा धुमधामका साथ मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । त्रिदिवसीयरुपमा मनाउने निर्णय अनुरुप सोमबार सदरमुकाम गाईघाटमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । त्यसैगरी कटारी नगरपालिकाको सभाहलमा सहिदको सम्झना गर्दै अन्तरक्रिया गरी दिवस मनाइएको छ ।
मुल समारोह समितिले दिवसलाई भव्यरुपमा मनाउन १४ गते विहान त्रियुगा शान्तिधाम गाईघाटमा वृक्षारोपन तथा सरसफाइ, व्याडमिन्टन प्रतियोगिता, साँझ दिपावली गरिएको छ । त्यसैगरी १५ गते प्रभातफेरी, सहिद परिवारलाई सम्मान, अन्तरक्रिया, दिउँसो गाईघाटमा वृहद साँस्कृतिक र साँझ दिपावली कार्यक्रम तय गरिएको छ भने १६ गते नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको मुल समारोह समितिका संयोजक स्थानीय बिकास अधिकारी गणेशप्रसादा दाहालले जानकारी दिएका छन् ।
उनकोअनुसार जिल्लाका ४ वटै नगरपालिका र ४ वटै गाउँपालिकाका कार्यालयमा पनि दिवस विविध कार्यक्रम गरी मनाउन पत्राचार गरिएको छ । सबै स्थानीय तहले तीन दिनसम्मै कार्यक्रम आयोजना गरेको उनले बताए ।
सोमबार कटारी नगरपालिकामा ताराघारी बेस क्याम्पका प्रमुख मेजर सुशिल बाँनिया, इलाका प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी कोईराला, सशस्त्र क्याम्प कटारीका डिएसपी भुपेन्द्र काजि निरौला, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, इलाका प्रशास कार्यालयका गुरुप्रसाद पोखरेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रम कटारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत तारा घिमिरेको अध्यक्षता र सवइन्जिनियर ओमप्रसाद मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।
बिबिध कार्यक्रमकासाथ गणतन्त्र दिवस मनाईयो
Facebook Comments