



उदयपुर । सुनकोशी नदीमा होली खेलेर नुहाउने क्रममा हराएका सबै बालबालिकाको शब मृत्य अवस्थामा फेला परेको छ । उनिहरु आईतवारदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बुधबार दिउँसो अन्तिममा त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ को लोकचन्द्र मगरको शब फेला परेको प्रहरीले जनाए ।
प्रहरीले जनाएअनुसार बुधबार बिहान सोही ठेगाना बस्ने बर्ष ९ की रेखा मगरको शब मृत अवस्थामा फेला परेको थियो भने उनिहरुसँगै बेपत्ता भएको बर्ष ६ को रिदम मगरको शब मंगलबार मृत अवस्था फेला परेको थियो । उनिहरुलाई खोजी गर्ने क्रममा उदयपुरको त्रियुगा नगरपालिका १४ कम्पुघाटमा लोकचन्द्रको शब फेला परेको थियोे भने रेखाको शब सोही वडाको सिम्ले नजिक रहेको दुर्गे ढुङ्गामा फेला परेको थियो ।
त्यसैगरी रिदमको शब खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको वडाअध्यक्ष हिमराज मगरले बताए । अध्यक्ष मगरका अनुसार मृतक लोकचन्द्रको शब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।
रेखा र रिदमको शब पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाईसकेको छ । उनिहरु होली खेल्दै साउने बजारदेखि सुनकोशी नदीमा पुगेका थिए । सुनकोशी नदीमा पुगेका उनिहरु नुहाउने क्रममा नदीले बगाएको थियो ।