उदयपुर । युवा नेतृत्वलाई नेतृत्व हस्तान्तरण गरेको नेपाल कम्युनिष्ट पार्टी (ओली समुह) उदयपुरले पार्टी कामलाई व्यवस्थित गर्न १५ जनाको कार्यालय टिम गठन गरेको छ ।
पार्टी अध्यक्ष परमेश्वर घिमिरेको अध्यक्षतामा बसेको बैठकले एक सय ९१ जना रहेको जिल्ला कमिटी गठन गर्दै पार्टी कामलाई व्यस्थित र मर्यादित बनाउन विधानले व्यवस्था गरेअनुसार कार्यलय टिम गठन गरेको हो ।
जिल्ला सचिब कुशलबाबु बस्नेतकाअनुसार कार्यालय टिममा अध्यक्ष, सचिब र जिल्ला कमिटी सदस्यहरु गोपाल खत्री, भागवत राउत, कालु लामा, शिव रेग्मी, गिता रेग्मी, राजेन्द्र कटुवाल, महेश्वरी राई, सृजना दनुवार, भरतबहादुर थापा, महेश रोका, शम्भु पौड्ेल, मनिकादेवी दुलाल र शसी राई रहेका छन् ।
बैठकले ६५ जना पुर्व जिल्ला कमिटी सदस्यहरुलाई पुनः जिम्वेवारी दिएको सचिब बस्नेतले बताए । त्यसैगरी तत्काल आवश्यकताका आधारमा त्रियुगा नपाका महेश रेग्मी, लिम्चुङ्गबुङ्ग गाउँपालिकाका भलराज राई, कटारी नपाका भुवन गिरी र उदयपुरगढी गापाका खेम पाच्यलाई जिल्ला कमिटीमा मनोनित गरिएको उनले बताए ।
बस्नेतले भने, ‘लामो समयदेखि कम्युनिष्ट राजनीतिको पृष्ठभुमिमा रहेका र पार्टी एकता नहुँदाको अवश्थामा नेकपा एमाले र नेकपा माओवादी रहँदाका वेला जिल्ला कमिटीमा रहेकालाई जिम्वेवारी दिने निर्णय भएको हो ।
जिम्वेवारी पाएका सबैलाई तत्काल चुनावी अभियानलाई अघि बढाउँदै फागुन १० गते भित्र गाउँ कमिटी र नगर कमिटीलाई पुर्णता दिने गरी जिम्वेवारी प्रदान गरिएको उनको भनाई छ ।
बैठकले पार्टीका आजसम्म भएका सबै गतिबिधी, चुनावी अभियानलाई जनतासँग पुर्याउने योजना, पार्टी निर्माण, कार्यकर्ता प्रशिक्षण, जनवर्गिय संगठनलाई पुर्णता दिने, कमिटी गठन, सभासम्मेलन, सपथ जस्ता कार्यक्रमहरु बनाएको सचिब बस्नेतले जानकारी दिए ।
बैठकले काठमाण्डौँमा माघ २३ गते पार्टीले आयोजना गरेको वृहद जनसभामा जिल्लाबाट एक हजार बढि सहभागिता जनाउने गरी तयारी गर्ने निर्णय भएको बताए ।