उदयपुरमा नेपाल बन्दको पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल पक्षद्धारा मसाल जुलुस प्रदर्शन

उदयपुर । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा (प्रचण्ड–माधव पक्ष)का नेता कार्यकर्ताले उदयपुरमा मसाल जुलुस प्रदर्शन गरेका छन् । उनिहरुले जिल्लाको सदरमुकाम गाईघाट बजारमा बुधबार साँझ प्रदर्शन गरेका हुन् ।

होटल टाउनहलबाट निस्केको मसाल जुलुस ट्राफिकचोक हुदै पिपलचोकमा पुगेर समापन भएको थियो । जुलुसको क्रममा आन्दोलनकारीले बोकेको मसाल प्रहरीले बिचबिचमा खोस्ने प्रयास गरेका थिए ।

आन्दोलनकारीहरुले सरकार बिरुद्धको नाराबाजी गरेका थिए । उनिहरुले सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

Facebook Comments