दाहाल–नेपाल समुहको आमहड्तालले उदयपुरको जनजीवन प्रभावित

उदयपुर । नेकपा (दाहाल–नेपाल समुह)ले आव्हान गरेको आमहड्तालको कारण बिहिबार उदयपुरको जनजीवन प्रभावित भएको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै सो समुहले आमहड्तालको आव्हान गरेको थियो ।

आमहड्तालको कारण सदरमुकाम गाईघाट लगायत मुख्य व्यापारीक केन्द्र कटारी, मुर्कुची, बेल्टार र रामपुरसँगै ग्रमीण क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन् । विद्यालय, कलकारखाना बन्द छन् ।

बजार पसल बन्द हुँदा सर्वसाधरणले सास्ती खेप्नु परिरहेको छ । सदरमुकाम गाईघाट बजारमा सामान्य चिया, औषधी र तरकारी पसल खुलेपनि व्यापार व्यवसाय चलेको छैन् । सडकमा फाटफुट साईकल, मोटरसाईकल चेलेका छन् ।

एम्वुलेसन्स र औषधी पसलमा अवरोध नगरेका कारण निर्वाध रुपमा चलिरहेका छन् । बजारमा बाकुलो संख्यामा नेता कार्यकर्ताहरुको बाकुलो उपस्थिति रहेपनि कुनैपनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments