



उदयपुर । सम्पूर्ण फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली चयन भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेड्वा होमस्टेमा सोमबार सम्पन्न महासंघको तेस्रो जिल्ला अबिधेशबाट नेपाली अध्यक्षमा चयन भएका हुन् ।
अबिधेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वान मण्डलका अध्यक्ष रञ्जु दनुवारले बताए । दनुवारका अनुसार समितिको उपाध्यक्षमा गोपाल कृति चयन भएका छन् । सचिवमा बिक्रम राई चयन भएका छन् ।
त्यसैगरी महासंघको सह–सचिवमा सौरब मगर चयन भएका छन् भने कोषाध्यक्षमा आस्था ठकुरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा नयन राई, तिजा सुस्लिङ मगर, भुवन कार्की, प्रशान रौनियार, अभिजित साह, अनु दनुवार, मोहन राउत, शम्भु मगर रहेको निवर्तमान अध्यक्ष देबराज राईले बताए ।
निवर्तमान अध्यक्ष राईका अनुसार अधिबेशनले चैत्र १९ देखि २१ गतेसम्म चितवनमा हुने केन्द्रिय महाधिबेशका लागि प्रतिनिधि तथा पर्यवेक्षक समेत चयन गरेको छ । जसमा अप्सरा समाल, ईश्वर बलम्पाकी मगर, कबिता राई, गंगा राई, देबराज राई, लक्ष्मी पोखरेल, बीरसबाबू शाहीरहेका छन् । अधिबेशन महासंघका केन्द्रीय सचिब गजेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।