प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

उदयपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूको नियमित रूपमा मादक पदार्थ सेवन (मापसे) परीक्षण गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकारका उच्च तहमा रहेका व्यक्तिहरूको दैनिक रूपमा मापसेसँगै लागू पदार्थ सेवन (लापसे) परीक्षण गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनले यस्तो व्यवस्था लागू गर्दा देशको समग्र स्वास्थ्य र सुशासनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । साम्पाङले जनप्रतिनिधिहरूको पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न पनि यस्ता परीक्षण अनिवार्य हुनुपर्ने उल्लेख गरेका छन् ।

Facebook Comments