



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार उनलाई आज बिहान महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको हो ।
सीआइबीका एआइजी मनोज केसीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि खड्कालाई हिरासतमा लिइएको जानकारी दिए ।
यसअघि जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा भएको आगजनीपछि त्यहाँबाट नेपाली रुपैयाँसँगै विदेशी मुद्रासमेत फेला परेको बताइएको छ । सो घटनापछि उनीमाथि सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दै आएको थियो ।
यस्तै, नेपाल स्काउटसँग सम्बन्धित जग्गा हिनामिनाको आरोपमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
Facebook Comments