पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ, जेनजी प्रदर्शन प्रकरणमा अनुसन्धान अघि बढ्दै

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ । शनिबार भक्तपुरको गुण्डु क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउका क्रममा उनलाई जरुरी पक्राउ पुर्जी समेत प्रदान गरिएको थियो ।

नयाँ सरकार गठनपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम अघि बढाइएको हो । जेनजी प्रदर्शन सम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक माथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । भदौ २३ र २४ मा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीद्वारा गोली प्रहार हुँदा किशोरहरूसहित धेरैको ज्यान गएको थियो । आयोगले उक्त घटनामा उच्चस्तरीय जिम्मेवारी औंल्याएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Facebook Comments