खोटाङ । खोटाङमा बुधबार दिउँसो शव बोकेको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ । काठमाडौंबाट शव लिएर आएको एयर डाइनेस्टिको हेलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ बालाबेसी क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बारीडिलमा ल्याण्ड गर्ने प्रयासका क्रममा हेलिकोप्टरको पंखाले नजिकैको रुखको हाँगा छोएपछि सन्तुलन गुमाएर हेलिप्याडमै कडा अवतरण गरेको थियो ।
दुर्घटनामा चालक (पाइलट) सहित सवार सबै व्यक्तिहरू सकुशल रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनास्थलमा सामान्य क्षति भए पनि मानवीय क्षति नभएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments