उदयपुरमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

बेलका । उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा आइतबार बिहान ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय समेत रहेका ट्याक्टर चालक शोकिन्दर चन्द्रबंशी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रबंशीको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय राजेश यादवको खेत जोत्न जाने क्रममा बिहान करिब ८ बजे ट्याक्टर दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् ।

उकालो चढ्ने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट तल पल्टिएको प्रहरीको भनाइ छ । अहिले चालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Facebook Comments