उदयपुरमा जेनजीद्वारा शान्तिपूर्ण पद यात्रा तथा प्रदर्शन (फोटो सहित)

उदयपुर । जेनजी एकता अभियान अन्तर्गत उदयपुरमा जेनजीहरुले शान्ति पदयात्रा तथा प्रदर्शन गरेका छन् । बिहिबार सदरमुकाम गाईघाट बजारबाट सुरु भएको सो पदयात्रा तथा प्रदर्शन जिल्ला प्रशासन कार्यालय हुँदै बोक्से परिक्रमा गरेर पुनः गाईघाट बजारस्थित पीपलचोकमा पुगेर थिए ।

पीपलचोक पुगेका जेनजी सहभागीहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वका सन्देशसहित नाराबाजी गरेका थिए । पदयात्रा तथा प्रदर्शनमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, युवाहरू तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजक समिति सदस्य समेत रहेका जेनजी अभियान्ता विष्णु राईले बताए ।

अभियान्ता राईकाअनुसार पदयात्रा तथा प्रदर्शन समापन कार्यक्रममा सहभागीहरूले शान्ति, समृद्धि र एकताको पक्षमा निरन्तर अभियान जारी राख्ने प्रतिवद्धता समेत जनाएका थिए ।

 

Facebook Comments