माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकको मृत्यु

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार विराटनगर–बेलबारी सडकखण्डको ग्रामथान–५ ककडमाडीमा सरकारी गाडी (को १ झ ६५०) ले मोटरसाइकल (को ९ प ७९) लाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ग्रामथान–५ का ३५ वर्षीय प्रवेश चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो । दुर्घटनाको बेला सांसद आङ्बो गाडीमा नरहेको र चालक गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments