प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको मनोबल वृद्धि गर्दै सरकार र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गृह मन्त्रालयमा आज आयोजित समारोहमा दज्र्यानी चिह्न ग्रहण गर्दै उहाँले अपराध र सुरक्षा चुनौतीसँग सँगसँगै प्रविधिको विकास र सुशासनका जनअपेक्षाअनुसार सक्षम प्रहरी चरित्र निर्माणमा ध्यान दिने बताउनुभयो ।

जेनजी आन्दोलनपछि समेत प्रहरी संगठनले देखाएको सक्रियता र तत्परताले संस्थाको भूमिका स्पष्ट भएको उल्लेख गर्दै उहाँले नेतृत्वमा सामूहिकता र सुदृढता सुनिश्चित गर्ने प्रतिज्ञा गर्नुभयो ।

३० वर्षे सेवा पूरा गरी चन्द्रकुबेर खापुङ अवकाशमा गएपछि वरिष्ठतम् अतिरिक्त महानिरीक्षक कार्कीलाई सरकारले प्रहरी प्रमुखमा नियुक्त गरेको हो ।

Facebook Comments