



काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि सेवाबाट निवृत्त भएको दिनै जाँचबुझ आयोगले निगरानी कदम चालेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबारको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता विज्ञान राज शर्माले जारी गरेको विज्ञप्तिअनुसार, भाद्र २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि खापुङलाई आवश्यक पर्दा उपस्थित गराउन सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
खापुङमाथि महानिरीक्षक रहँदा ती घटनामा संलग्न प्रहरी अधिकारीहरूको विवरण दिन अस्वीकार गरेको आरोप पनि आयोगले लगाउँदै आएको छ ।
Facebook Comments