



नयन राई
त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका– ८ शाहीखोला पुल नजिक बेवारिसे अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । अन्दाजी ५०–५५ वर्षको जस्तो देखिने उनको शब अहिले अस्पतालको शवगृहमा राखिएको छ ।
प्रहरीले जनाएअनुसार उनलाई शाहीखोला पुल नजिक मदन भण्डारी लोकमार्ग छेउमा भेटिएको थियो । सो अवस्थामा भेटेको उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शबको प्रकृति हेर्दा उनि पहाडे मुलको जस्तो देखिने, मंगोलियन अनुहार र गोरो वर्णका छन् ।
उनले खैरो रंगको भेष्ट र निलो हाफ प्यान्ट लगाएको छ । अहिले उनको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छभने प्रहरीले उनको पहिचान तथा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments