बार एशोसिएशनको सचिव माओवादी केन्द्रमा प्रबेश

उदयपुर, ५ जेठ ।  नेपाल बार एशोसिएशन इकाई उदयपुरका सचिव निरबहादुर राई नेकपा माओवादी केन्द्रमा शुक्रवार प्रवेश गरेका छन् । नयाँ शक्ति पार्टी नेपालका उदयपुर जिल्ला सदस्य समेत रहेका राईले माओवादी केन्द्रको नीति र सिद्धान्त उचित लागेकाले पार्टीमा प्रवेश गरेको बताए । nir-bahadur-rai त्यस्तै नेपाली कांग्रेसका प्रभाबशालि नेता अमृतदिप मगर पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीको नीतिलाई मन पराएर आधादर्जन भन्दा बढीको संख्यामा बिभिन्न पार्दीहरुबाट प्रवेश भएको १० नम्बर वडा पार्टी सचिव नविन राईले बतए । सचिब राईको अनुसार पार्टी प्रवेश अभियान अन्तर्गत त्रियुगा नगरपालिका १० बोक्से कमगाछीमा आयोजित कार्यक्रममा उनिहरु प्रवेश गरेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहका समिति सदस्य बैकुण्ठ दाहाल, नगर समिति अध्यक्ष बिमल किराती, १० नम्बर इन्चार्ज नरबहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम १० नम्बर वडा कार्यवाहक अध्यक्ष पवननुरी शेर्पाको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *