बिद्यालयको ड्रेसमा आवश्यकय सामाग्रीहरु बितरण

गजेन्द्र राई
उदयपुर, ५ जेठ ।  शिशु कक्षाका बिद्यार्थीहरुलाई उदयपुरको एक बिद्यालयमा शुक्रवार ड्रेसमा आवश्यकय सामाग्रीहरु बितरण गरिएको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ५ श्रीपुर स्थित जनता माद्यामिक बिद्यालय रहेको छ ।
बिद्यालयले स्वर्गिय कबिराज खतिवडाको १० औं स्मृति दिवसको अवसरमा सो सामाग्रीहरु बितरण गरिएको प्रधानध्यापक राधारमन खतिवडाले बताएका छन् । प्रधानध्यापक खतिवडाका अनुसार शिशु (नर्सरी) कक्षाका १६ बिद्यार्थीहरुलाई बिद्यालय ड्रेसमा आवश्यक पर्ने जुत्ता, मोजा, टाई र बेल्ट लगायतका सामाग्रीहरु बितरण गरिएको छ । dscn8075
सामाग्रीहरु एक समारोहबीच बितरण गरिएको हो । सामाग्री बितरण जिल्ला शिक्षा अधिकारी तथा कार्यक्रमको प्रमुख अतिथि हरिहर धितालले गरेका थिए ।
त्यसैगरि केहि दिन अघि स्वर्गिय खतिवडाकै स्मृतिमा भएको हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई उक्त कार्यक्रममा पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा स्थानीय राजनैतिक दलको प्रतिनिधि, समाज सेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *