



उदयपुर, २ जेठ । नेपाली कांग्रेस उदयपुर प्रचार विभागले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै त्रियुगा नगरपालिका स्तरीय प्रचार समिति गठन गरेको छ ।
स्थानिय तहको निर्वाचनलाई ध्यानमा राखेर कांग्रेसले जिल्लाको आठ वटै स्थानिय तहहरुमा प्रचार समिति गठन र परिचालनलाई तिब्रता दिईएको प्रचार विभाग प्रमुख मदनराज कटुवालले जानकारी दिए । प्रचार विभागले जिल्लाको बेलका, चौदण्डि नगरपालिका र रौतामाई गाउँपालिकामा यस अघि पनि प्रचार समिति गठन गरि सकेको छ ।
यता सोमबार पार्टी कार्यालय गाईघाटमा आयोजना गरिएको एक कार्यक्रमका विच नेपाली कांग्रेसका पूर्व पार्टी सचिव तथा जिल्ला कमिटि सदस्य भिमचन्द्र राईको संयोजकत्वमा ४९ सदस्यीय प्रचार समिति गठन गरिएको प्रचार विभागका सदस्य तथा प्रेस युनियन उदयपुरका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले बताए ।
प्रचार समितिको सह संयोजकमा विश्वराज तामाङ, नरेन्द्र थापा, सुमन परियार, रामप्रसाद ढुंगाना, इच्छा रिजाल, गौरीनारायण चौधरी र चन्द्र तामाङ रहेको छ ।
त्यसैगरी त्रियुगा नगरपालिकाका १६ वटै वडाबाट प्रतिनिधित्व हुने गरी अन्य सदस्यहरु मनोनित गरिएको छ, सदस्यहरुमा अग्नीधर खनाल, अम्बिका चौधरी, उजिर बहादुर कार्की, भवानी चौधरी, पुष्प कार्की, धन बहादुर राउत, आशा चौधरी, विमल कटुवाल, सागर चौधरी, प्रेम कुमार मगर, हिरा प्रसाद दाहाल, अर्जुन कटुवाल, भुवन भट्टराई, चन्द्रबहादुर कार्की, पार्वती कार्की, मिन बहादुर दर्लामी, राजकुमार राउत, लिल बहादुर बस्नेत, कुमार कार्की, विजयी चौधरी, राजकुमार दनुवार, दुज राज राउत, सुवाष कटुवाल, दिपक खतिवडा, जुना राई, भोजराज बस्नेत,गोपाल श्रेष्ठ, सरोज निरौला, नविन कटुवाल, देवीचरण धमला, अनिता आचार्य, मिथुन ठाकुर, गोविन्द दाहाल, दुर्गा कठेत, इश्वरी राई, अम्बर कटुवाल, भुवन मगर, संजिव के.सी. गेसबहादुर मगर, लोक बहादुर राई र हरि बहादुर बस्नेत रहेका छन् ।
जिल्लाको अन्य गाउँपालिका र नगरपालिकामा पनि प्रचार समिति गठन गरिने प्रचार विभाग प्रमुख कटुवालले बताए । पार्टीको राष्टिय घोषणा पत्र र स्थानिय घोषणा पत्र तथा उम्मेदवारहरुको बिषयमा प्रचार प्रसार गर्दै आगामी स्थानिय तहको निर्वाचनमा विजयी गराउनका लागि प्रचार समिति गठन गरिएको हो ।
प्रचार समिति गठन संगै प्रचार समितिलाई नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापती बसन्तकुमार बस्नेत,त्रियुगा नगर सभापती सरोजकुमार बस्नेत, पार्टीका पूर्व सचिव मनोजकुमार बस्नेत, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर राउत, कांग्रेस जिल्ला कमिटि सदस्य सरिता राई लगायतले शुभकामना दिएका थिए ।