उदयपुरमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित कच्ची सडक खण्डमा सोमबार बिहान ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । म.प्र. ०१–००१ त २५६४ नम्बरको ट्याक्टरले पैदल यात्री ७९ वर्षीया तेत्रि देवी चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार गम्भीर घाइते अवस्थाको चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । तर, सोही समय (बिहान ८:४ बजे) अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि ट्याक्टर चालक २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेका छन् भने ट्याक्टरका साहु ४० वर्षीय रामनिवास राजधामीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments