



उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजार नजिकै खोलामा आएको बाढीले बगाएको बा ४ ख १६२८ नम्बरको हायसमा सवार एक महिला मृ*त अवस्थामा फेला परेकी छन् । बाढीले मध्यरातमा हायस बगाएपछि मोरङ सुन्दरहरैचा नगरपालिका निवासी ३८ वर्षीया मञ्जु अधिकारी बे*पत्ता भएकी थिइन् ।
उनको श*व घटनास्थलदेखि करिब डेढ किलोमिटर तल खेतमा फे*ला परेको बेलका–९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिए । मोरङबाट काठमाडौंतर्फ गइरहेको सो हायस सिन्धुलीको भीमानबाट फर्किँदै गर्दा खोलामा आएको बाढीमा परेको थियो ।
बाढीको अनुमान गर्न नसक्दा गाडी खोलाले बगाएको प्रहरीको भनाइ छ । घटनापछि प्रहरी सहायक निरीक्षक टीका निरौलाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटिएको थियो । प्रहरी र स्थानीयको सहकार्यमा यात्रुहरूको उद्धार कार्य गरिएको थियो ।
बाढीले बगाएको हायसभित्र फसेका एक जनालाई सिसा फुटाएर जिवितै उद्धार गरिएको थियो भने तीनजना महिलालाई बगाउँदै गरेको अवस्थामा बचाइएको थियो । अन्य केही यात्रुहरू आफैं पनि बाढीबाट निस्कन सफल भएका थिए ।
घाइते भएकी ७९ वर्षीया कुरुकुमारी गौतमलाई बेलका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घ*टनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङको नेतृत्वमा थप उद्धार टोली पुगेको थियो ।