यौन दुर्व्यवहार गरेको आरोपमा एक जना मानिस पक्राउ 

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाबाट बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा एक स्थानीय पक्राउ परेको छ । पक्राउ पर्नेमा स्थानीय शान्तिटोल बस्ने बर्ष ४६ को यादब बस्नेत रहेका छन् ।

बस्नेतलाई पीडित बालिकाको अभिभावकहरुले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार बस्नेतलाई बाल यौन दुरुपयोग गरेको आरोपमा आईतबार पक्राउ गरिएको हो ।

अहिले पीडित बालिकाको अभिभावकहरुले दिएको किटानी जाहेरीको आधारमा बाल यौन दुरुपयोग ऐन अन्तरगत मुद्दा दायर हुन लागेको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments