उदयपुरमा मालपोत कार्यालयको सुमो दुर्घटना हुदाँ ३ जना घाइते

नयन राई 

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, नागवेलीस्थित मदनभण्डारी राजमार्गमा मंगलबार सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । उदयपुरगढीबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको स १ झ ४८५ नम्बरको टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी त्रियुगा–७ का ४८ वर्षीय चालक जित बहादुर कार्की, चौदण्डीगढी–५ का ४० वर्षीय खरिदार तेज नारायण साह र उदयपुरगढी–५ की ४२ वर्षीया सरिता भण्डारी घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् नेपालटार अस्थायी प्रहरी पोस्टका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) राम कुमार यादवको टोली खटिएको थियो । उनिहरुले तत्काल घाइतेहरुको उद्घार गरेको कारण कुनैपनि मानवीय क्षेति नभएको स्थानीयहरु बताउँछन् ।

Facebook Comments