



उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुरले जिल्लाका पत्रकारहरूका लागि दुईदिने ‘पत्रकार आचारसंहिता तथा क्षमता अभिवृद्धि कार्यशाला’ सुरु गरेको छ । जिल्ला समन्वय समिति उदयपुरको सभाहालमा गरिएको कार्यशालाको उद्घाटन नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा गरे ।
प्रदेश नं १ सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजना गरिएको कार्यक्रममा मेयर बस्नेतले पत्रकारको हकहितका लागि स्थापना गरिँदै गरेको १ करोड रुपैयाँको अक्षय कोषमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उपप्रमुख राईले पनि कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय पत्रकारलाई नयाँ प्रविधिको प्रयोग गर्दै प्रभावकारी पत्रकारिता गर्न आग्रह गरिन् ।
कार्यक्रममा ८० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । वरिष्ठ पत्रकार कौशल चेम्जोङले आचारसंहिता सम्बन्धी सहजीकरण गरे भने डा. विजय मिश्रले खोज पत्रकारिता र एआईसम्बन्धी जानकारी दिए । महासङ्घ अध्यक्ष भक्तिविलास पोखरेलले आगामी दिनमा एआई र आधारभूत पत्रकारिता तालिमको योजना सार्वजनिक गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
भिडियोः