



बेलका । उदयपुरको बेलका नगरपालिकाको किरात चोक साकेला पार्कमा बुधबार साकेला उभौली पर्वको भव्य समापन गरिएको छ । किरात समुदायको मौलिक चाड साकेला यस वर्षको लागि रंगीन नाचगान र सांस्कृतिक कार्यक्रमका साथ समापन गरिएको हो ।
किरात राई यायोख्खा बेलका नगर समितिको आयोजनामा तथा वडा नं. ३ र ६ को सह(आयोजनामा सम्पन्न गरिएको हो । सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए। कार्यक्रममा साकेला सिल्ली नाच प्रस्तुत गरिनुका साथै यलेदोङ ५०८५ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।
कार्यक्रममा पालिकाका सबै वडाबाट सहभागी भएका किरात समुदायका सदस्यहरूको उत्साहजनक कार्यक्रममा नगर प्रमुख अशोक कार्की, जीरा राई लगायत अन्य अथितिहरुको सहभागिता रहेको थियो । कार्यधmमले समुदायबीचको एकता र सांस्कृतिक पहिचानको संरक्षणप्रतिको प्रतिबद्धतालाई झल्काएको आयोजकहरूले जनाएका छन् । साकेला उभौली पर्व कृषि, प्रकृति र पुर्खाप्रतिको सम्मानस्वरूप मनाइने किरात समुदायको महत्वपूर्ण चाड हो ।
भिडियोः