माओवादी केन्द्र त्रियुगा नगर कमिटीको अध्यक्षमा पुनः मान बहादुर राई

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटीको अध्यक्षमा पुनः मान बहादुर राई चयन भएका छन् । बिहीबार सम्पन्न दोस्रो अधिवेशनले राईलाई पुनः अध्यक्ष पदमा सर्वसहमत चयन गरिएको निर्वाचन समिति संयोजक हरिकुमार राईले बताए ।

संयोजक राईका अनुसार त्रियुगा १६ को वडाअध्यक्ष समेत रहेको राईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरिएको छ । अधिवेशनले समितिको उपाध्यक्षमा राधारमण खतिवडा, शुभराज तामाङ र दुर्गा कुमार कार्कीलाई चयन गरेको छ ।

त्यसैगरि सचिवमा काशिकुमार कार्की र सहसचिवमा गोपाल कटेललाई चयन गरेको छ । यसैगरि समितिको कोषाध्यक्षमा मेम बहादुर बिश्वकर्मालाई चयन चयन गरेको छ । पार्टी कार्यालयमा शनिबार पदाधिकारीलाई पुर्णता दिदै एक कार्यालय टिम समेत निर्माण गरिएको छ ।

जसमा ज्ञानेन्द्र मगर, बुद्धि कुमारी तुम्वाहाम्फे, जिवनी कुमारी राई र नविन राई चयन भएको छ । अधिवेशनले पार्टीको स्थानिय संरचनामा बलियो नेतृत्वको आवश्यकता र आगामी कार्य योजनामा केन्द्रीत गरिएको थियो ।

Facebook Comments