नवउदय सावउसको नयाँ नेतृत्वमा नविन राई

त्रियुगा । नवउदय सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्वमा नविन राई चयन भएका छन् । समितिको शनिबार सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले उनलाई सर्वसहमत अध्यक्षमा चयन गरेका हुन् । सो समिति त्रियुगा नगरपालिका वडा नम्वर १० र ११ मा रहेको छ ।

राईको अध्यक्षतामा १५ सदस्यीय उपभोक्ता समिति चयन गरिएको निर्वाचन समिति संयोजक किरण पाण्डेले बताए । संयोजक पाण्डेका अनुसार उपाध्यक्षमा मनमाया भुजेल चयन भएका छन् । समितिको सचिव पदमा लक्ष्मी राई र सहसचिव पदमा उद्धवकुमार राउत चयन भएका छन् ।

यसैगरी समितिको कोषाध्यक्ष पदमा दिलकुमार राई चयन भएका छन् । यसैगरी समितिको सदस्यहरूमा ईन्द्रशिंङ आले मगर, टेकबहादुर कार्की, श्याम कुमार राई चन्द्रबहादुर विश्वकर्मा र रमा खड्का चयन भएका छन् । त्यसैगरी समिति सदस्यहरुमै शोभा कुमारी भुजेल, मनोज कुमार बोहरा, नारायण बहादुर खत्री, रिणा श्रेष्ठ र पदेन सदस्यको रुपमा वडाअध्यक्ष किरण पाण्डे चयन भएका छन् ।

अधिबेशनले सल्लाकार समिति र लेखा समिति समेत गठन गरेको छ । जसमा सल्लाकार समिति संयोजकमा डिल्ली नारायण श्रेष्ठ, सदस्यहरुमा देवराज तिमलसिना, शेसराज राउत, कल्याण विक्राम बोहरा, किशोर पाण्डे, चुडामणी खड्का, विकाश राई, नारायण खड्का र गोपी खड्का चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा जीवन पाण्डे, पदम राई र सकुन्तला कटुवाल चयन भएका छन् ।

उनिहरुको सोमबार सपथ ग्रहण भएको थियो । सपथ ग्रहण कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, डिभिजन बन कार्यालय बोक्सेका बन अधिकृत जागेश्वर साह, जिल्ला बन महासंघका अध्यक्ष कुशलबाबु बस्नेत, पत्रकार गजेन्द्र राई लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

भिडियोः

Facebook Comments