माओवादी केन्द्र चौदण्डी नगरकमिटीको नयाँ नेतृत्वमा पुनः दिनेश राई


उदयपुर । नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगरकमिटीको नयाँ नेतृत्वमा पुनः दिनेश राई चयन भएका छन् । शनिबार सम्पन्न पार्टीको दास्रो नगर सम्मेलनले उनलाई पुनः अध्यक्ष पदमा चयन गरेका हुन् ।

त्यसैगरि समितिको उपाध्यक्ष पदमा हिरा थापा तिम्सिना, गिता पराजुली मगर र रमेश थापालाई चयन गरेका छन् । यसैगरि समितिको सचिब पदमा कुमार राईलाई चयन गरेका छनभने सहसचिबमा बिदुर राईलाई चयन गरिएको निर्वाचन समितिका संयोजक भेषराज राउतले बताए ।

संयोजक राउतका अनुसार समितिको कोषाध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यहरु नगरकमिटीको अर्को पूर्ण बैठकले मनोनीत गर्नेे छ । जसमा पार्टीसँग असन्तुष्टि रहेर निष्क्रय सदस्यहरुलाई समेत समेटिने प्रदेश सांसद् समेत रहेका प्रदेश कमिटी सदस्य राजन किरातीले बताए ।

नगरकमिटी ५५ सदस्यीयसम्मको निर्माण गर्न सकिने पार्टीको बिधानमा उल्लेख छ । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य सुरेश कुमार राई (हिमाल), केन्द्रीय सदस्य एवम् उदयपुर ईन्चार्ज मणी खम्बु किराती, प्रदेश उपाध्यक्ष शिब डागी, प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद् राजन किराती (बासु), द्रोण पौडेल (निरज) लगायत अन्य अतिथिहरुको बाकुलो उपस्थिति रहेको थियो ।

भिडियोः

Facebook Comments