प्रहरीद्धारा उदयपुरमा प्रतिबन्धित मुङ्ग्री जातको माछा नष्ट

नयन राई
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले बरामद गरेको ८५ किलो प्रतिबन्धित मुङ्ग्री जातको माछा नष्ट गरेको छ । माछा सोमबार जिल्ला प्रहरी कार्यालय परिसरभित्र खोल्टोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदार मान दोङले बताए ।

डिएसपी दोङका अनुसार आईतबार राति त्रियुगा नगरपालिका वडा नन्बर ६ जलजलेस्थित प्रहरी चेक पोष्टले गरेको चेकिङमा बरामद गरिएको हो । चेकिङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय जलजलेको संयुक्त टोलीले गरेको समेत उनले बताए ।

प्रतिबन्धित माछा सिराहाको लहानबाट उदयपुरको गाईघाटतर्फ ल्याउदै गरेको ना.१ ज. ७४३९ नम्बरको विङ्गर गाडीभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार बरामद गरिएको माछा अन्दाजी ८५ किलो रहेको छ ।

माछा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रतिनिधि, भेटेरिनरी अस्पतालका प्रतिनिधि, पत्रकार र स्थानीयहरुको उपस्थितिमा नष्ट गरिएको छ । अहिले यस घटनाबारे अनुसन्धान गर्दै प्रहरीले मुङ्ग्री जातको माछा व्यापारमा संलग्न व्यक्तिहरूको खोजी थालेका छन् ।

यस किसिमको कानूनी उल्लंघनलाई रोक्नका लागि आगामी दिनहरूमा कडा निगरानी राखिने प्रहरीले जनाएको छ । यस प्रकारका कारबाहीले वन्यजीव संरक्षण र प्राकृतिक स्रोतको दुरुपयोग रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

भिडियोः

Facebook Comments