



काठमाडौं । शुक्रबार बिहान २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस गरिएको छ ।
जसले सर्वसाधारणलाई त्रसित समेत बनाएको छ । राष्ट्रिय मापन केन्द्रले उक्त भूकम्पको जानकारी दिएअनुसार क्षतिको कुनै पनि विवरण प्राप्त भईसकेको छैन । यसअघि, गत पुष ५ मा बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प आएको थियो।
Facebook Comments