



उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरकमिटी उदयपुरको अधिबेशन आउँदो फागुन २८ गते हुने भएको छ । यस बिषयमा शनिबार बसेको नगरकमिटीको बैठकले अधिबेशनको मिति र अन्य तयारीबारे निर्णय गरेको नगर अध्यक्ष मानबहादुर राईले बताए ।
अध्यक्ष राईका अनुसार २१ गतेसम्म नगर कमिटीका सबै वडाहरूको सम्मेलन सक्नुपर्नेछ। अहिले अधिबेशन हुन बाँकी रहेका चार वटा वडाको सम्मेलन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
अधिबेशनमा २ सय ५९ भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले जनाए अनुसार अधिबेशनले एक महत्वपूर्ण अवसर र पार्टीका नीति र कार्यक्रमहरूको समीक्षा र आगामी दिशा निर्धारण गरिनेछ ।
अधिबेशनमा प्रमुख अतिथिको रूपमा पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ल्याउने छलफल भईरहेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार प्रचण्डको उपस्थिति हुनसके अधिबेशनलाई थप ऐतिहासिक बनाउने समेत विश्वास समेत गरिएको छ। अधिबेशन सदरमुकाम गाईघाटमा हुने छ ।