उदयपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, नगद र तास बरामद

गाईघाट । उदयपुर जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित बबिता चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको छापाबाट उनीहरूलाई नगद र ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

कार्यालयले जनाएअनुसार जिल्ला कार्यालय उदयपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन बानियाँको नेतृत्वमा गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको साथबाट नगद ४१ हजुर ८ सय २५ रूपैया, सुन जस्तो देखिने ६७ वटा सिक्का र १८ बुक तास र खुल्ला ५ सय पत्ती तास बरामद गरेको गरिएको छ ।

 

पक्राउ परेका व्यक्तिहरुमा त्रियुगा नगरपालिका वडा नम्बर १२ सगरमाथा टोलका ३१ वर्षीय नबिन तामाङ, बुद्धचोकका ३४ वर्षीय थमान राई, वडा नं. ११ संगमटोलका ५४ वर्षीय बिन्द्र तामाङ, बिशाल नगर टोलका ४३ वर्षीय अम्वर बहादुर राय र ३३ वर्षीय बबिन्द्र राई तथा वडा नं. ११ साकेला टोलका ३५ वर्षीय उमेश दाहाल रहेका छन् । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

Facebook Comments