उदयपुर । असोज २२ गते उदयपुरमा ‘कट्टा हान्दिन्छु’ गीतकी चर्चित गायिका एलिना चौहान, हास्य कलाकार उमेश राई (फूलन्देको आमा) र लोकस्टार उपाधी विजेता बिनोद दनुवारले एकैसाथ सांगीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन् । कार्यक्रम विजय दशमी तथा दिपावली २०८१ को अवसर पारेर संगम समाज नेपाल र आदिम मिडिया प्रालिको संयुक्त आयोजनामा हुन लागेको हो ।
कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्बर ७ स्थित चुहाडेमा हुने आयोजक समिति संयोजक सैनध्वज दनुवारले बताए । संयोजक दनुवारका अनुसार बृहत आदिम–संगम साँझ–२०८१ कार्यक्रममा विभिन्न जातिहरुको झाँकी पनि प्रदर्शन गरिनेछ । जसमा, राई, मगर, तामाङ थारु लगायत विभिन्न जातिका जातीय परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बिभिन्न प्रस्तुतीहरु रहने छन् । उक्त कार्यक्रम आफ्नो कला साँस्कृतिलाई बचाउने उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक समिति सदस्य भगिरथ खड्काले बताए । सदस्य खड्काका अनुसार कार्यक्रममा सांगीतिक कार्यक्रमका साथ विभिन्न जातीय परिकारको स्वाद सहभागिहरु रम्न र झुम्न सकिने छन् ।
भिडियोः