उदयपुर र खोटाङ जोड्ने पक्कीपुल बाढीले बगायो

उदयपुर । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टारको पक्कीपुल शनिबार बाढीले बगाएको छ । अबिरल वर्षासँगै सुनकोशीमा आएको बाढीले सोे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार पुल नाघ्नेगरी उर्लिएको बाढीले पिलर भाँचेर पुल बगाएको थियो । पुल भत्किएपछि खोटाङसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

भिडियोः

Facebook Comments