श्रीमतीको घाँटी काटेर टाउको बोकि हिड्ने एक श्रीमान पक्राउ

 उदयपुर । उदयपुरमा आफ्नै श्रीमतीको घाँटी काटेर टाउको बोकि हिड्ने एक श्रीमान पक्राउ परेको छ । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका ४ लखनडाँडा घरभई त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजले बजारमा डेरा गरि बस्ने जङ्गबहादुर तामाङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले जनाएअनुसार मंगलबार साँझ उनले आफ्नो श्रीमती प्रमिला तामाङको हत्या गरेको थियो । जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरि प्रहरीमा गएको बुझिएको छ ।
हालसम्म श्रीमतीको हत्या गर्नुपर्ने कारण खुल्न नसकेको प्रहरी बताउँछन् । तर, स्थानीयहरुको अनुसार उनिहरुको केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । हाल जङ्गबहादुरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
भिडियो:

Facebook Comments