उदयपुरमा चट्याङ् लागेर २ को ज्यान गयो

उदयपुर, २६ वैशाख ।  बर्षातसंगै परेको चट्याङले उदयपुरमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा कटारी नगरपालिका ११ हर्देनीका ४७ बर्षिय भेषराज खत्री र सोही वडामा पर्ने गहुँवारीका ५१ बर्षिय बलबहादुर बस्नेत रहेको छ । उनीहरुको घरमै बसिरहेको समयमा चट्याङ्ले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर जिल्लाकै बेलका नगरपालिकाका ३ जना घाइते भएका छन् । बेनपा ४ का अन्दाजी २४ बर्षिय सरिता अधिकारी, बेनपा ५ का अन्दाजी ४० बर्षिय जयकुमार राई र सोही ठाउँका अन्दाजी १५ बर्षिय प्रविन राई घाइते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शिलाका इन्चार्ज प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । घाइतेहरुलाई प्रहरीले उद्धार गरी धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घाइते मध्ये प्रविनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी कटारीमा एक र त्रियुगा नगरपालिकामा एक जना सामान्य घाइते रहेको जनाईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *