जयराम पुलको लठ्ठा जोड्ने काम सम्पन्न

jayaram
मध्यपहाडी लोकमार्ग अन्तर्गत जयरामघाटमा पुलको लठ्ठा जोड्ने काम सकिएको इन्जिनियर सिताराम कार्कीले बताएका छन् । उनका अनुसार लठ्ठा जोडिसकिएकाले अब पुल लगाउने काम शुरु हुने छ ।

यो वर्षायामअघि नै पुल जोडिसकिने उनले बताए । यो पुल बन्न नसक्दा काठमाडौंबाट खोटाङ, भोजपुरलगायतका पहाडी जिल्लाहरु जोडिन सकेको छैन ।

हिउँदको समयमा अस्थायी पुल बनाएर यातायात सञ्चालन हुँदै आएपनि बर्षायाममा अवरुद्ध हुने गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *