



गजेन्द्र राई
उदयपुर, २६ वैशाख । स्वास्थ्य विभागको निर्देशनसँगै उदयपुर जिल्ला अस्पतालको सेवासुबिधामा बढोत्तरी गरिएको छ ।
अस्पतालले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै दिँदै आएको सुबिधालाई व्यवस्थित गरी नयाँ सुबिधानहरु थप गरीएको जानकारी दिएको छ ।
नयाँ सुबिधाअन्र्तगत अस्पतालले हात्तिपाईले रोग लागेपछि देखा पर्ने हाइड्रोसिलको निशुल्क अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, ऐंजेरु, सिजरिङ सेक्सन, सर्पदंश, रेविज, इसिजि, एआरटी सेन्टर स्थापना, निशुल्क र सहशुल्क फार्मेसी सेवा, एकद्धार संकट व्यवस्थापन केन्द्र, डेण्टल सेवा, इएसएस (पेयइङ क्लिनिक) लगायत रहेका छन् । यसकासाथै अपरेशन सहितको प्रसुति सेवा, भिडियो एक्सरे, ल्याब, एक्सरे सेवालाई २४ घण्टा उपलब्ध हुने निमित्त मेडिकल सुपरिटेण्डेड डा. फडिन्द्र बरालले बताएका छन् । विभागबाट हाइड्रोसिलका विरामीको निुशल्क अप्रेशन सम्बन्धि निर्देशन प्राप्त भएको हुँदा त्यस्ता विरामीको हकमा उपचार सेवा तत्काल सुरु गरिएको उनको भनाई छ ।
जिल्लामा फेला परेका १० जना हात्तिपाईले विरामीमा हाइड्रोसिलको समस्या देखा परेको छ । त्यसमध्ये ४ जना महिला र ६ जना पुरुष रहेकाछन् । पहिचान भएका विरामीको उपचारका लागि जिल्ला अस्पतालमा पठाई दिन बरालको आग्रह छ । त्यसैगरी यस सम्बन्धी अन्य विरामीको निशुल्क औषधि उपचारका लागि अस्पताल आउने वातावरण बनाई दिन बरालले सबै पंक्षलाई अपिल गरे ।
जिल्लामा हात्तिपाईले रोगको रोकथाम सम्बन्धी छैठोँ चरणको अभियान सञ्चालन हुँदा २ दशमलव २ प्रतिशत यस सम्बन्धी रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईले जानकारी दिए । सातौ चरणमा यसपटक जिल्लामा २ लाख १६ हजार ७२ प्रतिशत सर्वसाधरणलाई हात्तिपाईलेसम्बन्धी औषधि खुवाईको उनले बताए ।
५० सैयाको जिल्ला अस्पतालमा अहिले ३ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत रहेकाछन् । अस्पतालले विहान ९ देखि ३ बजेसम्मको जनरल ओपिडि पछि दिउँसो ३ देखि ५ बजेसम्म मेडिकल अधिकृतको २ सय ५० र विशेषज्ञको ३ सय ५० रुपैँया पुर्जा शुल्क लिई सार्वजानिक विदा र शनिबार वाहेकका दिनमा पेयइङ किल्निकसमेत सञ्चालनको तयारी रहेको अस्पताल जनाए ।
सहशुल्क क्लिनिकको उदघाटन मंगलबारबाटै सञ्चालनमा आएको छ ।
अस्पतालले एचआईभि एडसका विरामीको औषधि उपचार, मुटु रोगीको इसिजी सेवा र लैङीक हिंसा ओसिएमसी सेवासमेत सञ्चालनमा ल्याएको जनाएको छ ।